×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सौर्यको जहाज दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सौर्यको जहाज दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

Artha Sarokar

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द भएको छ । काठमाडौँबाट पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको ९ एन–एएमई/सीआरजे २०० कलसाइनको जहाज दुर्घटना भएपछि विमानस्थल केही बेरका लागि बन्द भएको हो ।

दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको मृत्यु पुष्टी भएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीले विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको पुष्टी गरेका हुन् ।

जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको जीवितै उद्धार गरिएको थियो । उनको टाउको चोट लागेको भए पनि अवस्था भने खतरामुक्त रहेको अस्पताल स्रोतले बताएका छ । हाल शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको सौर्यको जहाजमा चालक दलका यात्रुसहित १९ जना सवार रहेका थिए । जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी