काठमाडौं। गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका हुन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए ।
उनले भने ‘भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएनछ भनेपनि पहिलो चरणमा २८ जिल्लाहरुमा नसक्दा पनि हामीले समय राखेका छौँ, भदौ मसान्तसम्म पनि यहाँहरुसँग समय छ । भदौ मसान्तसम्म भर्दा पनि तपाईले प्राप्त गर्ने, राज्यले दिने सेवा, सुविधाबाट आम नागरिकहरु वञ्चित हुनु पर्दैन ।’
उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे । उनले सुचना पाउनासाथ सबै जना बनाउन जाने गर्दा सम्बन्धित कार्यालयमा भीडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले भीडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि बताए
गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्ष माथिका वृद्धवृद्धा र बालबालिकाहरुका लागि विशेष व्यवस्था गरिने पनि बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्