×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने

GLOBAL IME BANK
SHREE KESH

रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने

१८ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने भन्दै अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

उनले भने, ‘नेपालको राजनीतिमा एकखालको अस्थिरता, चलखेलहरू भइरहन्छ । त्यो नहुनुपर्ने थियो । हामीले स्थायित्वको लागि प्रयासहरू पनि गरेका छौं । पछिल्लो समय जे भइरहेको छ त्यो देश र जनताको हकमा छ भन्ने हामीलाई लाग्दैन र यसले स्थायित्व दिन्छ भन्ने कुरा पनि लाग्दैन । यद्यपि यो घटना अगाडि बढि सकेपछि अब बन्ने गठबन्धनमा हामी सामेल हुँदैनौ । त्यो स्पष्ट छ । अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै मन्त्रीहरूलाई फिर्ता बोलाउँछौ । हामी सरकारमा जादैँनौ ।’

उनले नयाँ गठबन्धन देश र जनताको हकमा नभएको र यसले स्थायित्व पनि नदिने भन्दै यसमा सहभागी नहुने निर्णय गरेको बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: