Skip to content
LAXMI SUNRISE BANK

नेपाल सरकारद्वारा लक्ष्यको ७५ प्रतिशत मात्र राजस्व संकलन

अर्थ सरोकार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात १० खर्ब ७५ अर्ब रुपैयाँ बराबर राजस्व उठेको छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँ बराबर राजस्व सङ्कलन हुने अनुमान गरेका थिए । तर उनको अनुमान असफल भएको तथ्याङ्कले देखाएको छ ।

अर्थतन्त्रमा आएको सङ्कुचन, महँगी बढ्नु र आयात घट्नुलगायतका कारण राजस्व कम उठेको सरकारको दाबी छ । 

महालेखाको तथ्याङ्कअनुसार सरकारले करिब ११ खर्ब रुपैयाँ आम्दानी गरेको छ । जुन खर्च भन्दा तीन खर्ब रुपैयाँ कम हो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK