Skip to content
LAXMI SUNRISE BANK

ट्रिटन कलेज ‘आउट स्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित

अर्थ सरोकार

काठमाडौंट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेज आउट स्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड-२०८१ बाट सम्मानित भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा ट्रिटनलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । 

ट्रिटन कलेजले  विद्यार्थीमा भएको रुचि पहिल्याउँदै सोही अनुरुप क्षमता विकास गर्न सिकाईका विविध माध्यमहरु अपनाउँदै आएको छ । 

ट्रिटनमा कक्षा ११, १२ देखि स्नातकोत्तरसमेत पढाई हुन्छ । कक्षा ११ र १२ तर्फ विज्ञान, मानविकी, व्यवस्थापन र कानुन सङ्कायको पठनपाठन हुन्छ । विद्यार्थीलाई पाठ्यक्रमसँग सम्बन्धित व्यवहारिक शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिँदै आएको छ । 

ट्रिटनले शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै अवार्ड प्रदान गरिएको हो । अवार्ड कलेजकी सीईओ ऋतु न्यौपानेलाई प्रदान गरिएको थियो। 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK