×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०० रुपैयाँले बढ्यो हरियो धनियाँको मूल्य, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

१०० रुपैयाँले बढ्यो हरियो धनियाँको मूल्य, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Artha Sarokar

१९ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो धनियाँको मूल्य बढेको छ । हरियो धनियाँको मूल्य १०० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १५० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५८ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल १८ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, सेतो मुला ५० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ४०, मकै बोडी ९०, लोकल घ्यु सिमी लोकल ६०, हाइब्रिड घ्यु सिमी ६०, राजमा १२०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ४०, लौका ५०, लोकल परवर २८ रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ६०, झिगुनी ४०, फर्सी पाकेको ३५, हरियो  हरियो फर्सी (डल्लो) ३०, भिण्डी ७०, पिंडालू ९०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, कन्य च्याउ १००, डल्ले च्याउ २५०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ८०, ब्रोकाउली १४०, चुकन्दर ६०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १६०, पार्सले २५०, पुदिना १६०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ४०, भेडे खुर्सानी ४०, हरियो लसुन ८०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २१०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २००, आँप (मालदह) ६०, आँप (दसहरी) ७०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३५, रुख कटहर ४०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १३०, लिच्ची भारतीय २००, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी