×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५० रुपैयाँले बढ्यो रायो सागको मूल्य, बुधबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL

५० रुपैयाँले बढ्यो रायो सागको मूल्य, बुधबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ (मूल्यसूचीसहित)

२६ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रायो सागको मूल्य बढेको छ । रायो सागको मूल्य ५० रुपैयाँले बढेर न्युनतम १२० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा १०० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६४ रुपैयाँ, भारतीय रातो आलु ५८ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ७० रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, मूला सेतो (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी ८०, मकै बोडी ९०, घिउ सिमी(राजमा) १३०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ८०, लौका ५०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ७०, झिगुनी ५०, फर्सी पाकेको ३५, हरियो  हरियो फर्सी (डल्लो) ४०, भिण्डी ९०, पिंडालू ९०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १२० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, कन्य च्याउ १७०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ९०, ब्रोकाउली ८०, चुकन्दर ५०, रातो बन्दा ५०, जिरीको साग १५०, सेलेरी १६०, पुदिना १५५, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २४०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १४०, खुर्सानी हरियो (बुलेट) १४०, खुर्सानी हरियो (अकबरे) ४००, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ६०, हरियो लसुन ८०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १९०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २००, अनार ३५०, आँप (मालदह) ८०, आँप (दसहरी) ९०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ४०, रुख कटहर ४०, नासपाती(लोकल) ९०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी