काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठुलो सङ्ख्यामा रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् । बुधबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिँहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग उनले भने, ‘घरेलु तथा साना उद्योगको महत्त्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो । ठुलो सङ्ख्यामा रोजगारीका रूपमा यो क्षेत्रमा आबद्ध रहेको छ । यसलाई अझै विस्तार गर्न सक्ने सम्भावना छ । यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्त्वपूर्ण माध्यम हो । त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ । त्यसकारण यो क्षेत्रसँग सम्बन्धित कानुन, नियम, निर्देशिकामा के कस्ता व्यवस्था गर्नुपर्छ त्यसमा सरकारले ध्यान दिन्छ ।’
सरकारको ध्यान सबैलाई उत्साहका साथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्नमा रहेको भन्दै उनले विश्वासको जरामा पानी हाल्ने काम सरकारको भएको बताए ।
अहिलेको मुख्य समस्या नै साना उद्योगीको ऋण भएकाले विगतमा सरकारले साना तथा महिला उद्यमीलाई लक्षित गरी ल्याइएको सहुलियतपूर्ण र पुनरकर्जाको व्यवस्थालाई यथावत् कायम राख्न उद्योग महासङ्घका प्रतिनिधिको माग थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्