×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजारमा ठूला लगानीकर्ता भित्रिए, उच्च कारोबार रकमसहित बढेको बजारको आगामी यात्रा सुखद्’- बिमोददेव पन्त 

LAXMI SUNRISE BANK
GLOBAL

‘बजारमा ठूला लगानीकर्ता भित्रिए, उच्च कारोबार रकमसहित बढेको बजारको आगामी यात्रा सुखद्’- बिमोददेव पन्त 

३१ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले बिहीबारको बजार बढोत्तरी सेयर बजारका लागि सुखद् संकेत रहेको बताएका छन् । उच्च कारोबार रकमसहित ३००० बिन्दु कटेको बजारले आगामी दिन सुखद् रहेको संकेत गर्ने बताएका छन् । 

उनले बिहीबारको बजारमा देखिएको कारोबार रकमले बजारमा ट्रेडर हाबी भएको तथा नयाँ लगानी भित्रिरहेको पुष्टि गर्ने बताएका छन् । 

‘सेयर बजारमा निरन्तर बढिरहेको भोलुमले बजारमा ट्रेडर हाबी भएको, ठूला लगानीकर्ता बजार प्रवेश गरेको र नयाँ लगानी पनि आइरहेको पुष्टि गर्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै पन्तले भने, ‘धेरै भोलुम भएको बेलामा बजारमा इन्ट्री गर्न पनि सजिलो, एक्जिट हुन पनि सजिलो हुन्छ । ट्रेडरका लागि त झनै बजार सजिलो भएको छ ।’  

त्यस्तै, पन्तले पछिल्लो समय बजार बिना करेक्सन बढिरहेकाले अन्य समयको भन्दा अहिले तुलनात्मक रुपमा जोखिम बढि हुने बताएका छन् । 

‘कुनै करेक्सनबिना बजार बढिरहनु रिस्की चाहिँ हो । तर, बढिरहेको बजारमा जहिल्यै पनि रिस्क हुने भएकाले यसपालि पनि रिस्क छ भन्नु वा हुनु स्वभाविक हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै पन्तले भने ।

बिहीबार नेप्से परिसूचक ३०००.८१ बिन्दुमा पुगेको छ भन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाउँदै इतिहासकै सर्वाधिक २९ अर्ब ९५ करोड पुगेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी