Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग, यस्तो छ आवश्यक अनुभव र योग्यता

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले बुटवलका विभिन्न शाखाका लागि असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर, जुनिअर अफिसर, अफिसर र सिनिअर अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

आवेदकले न्युनतम व्यवस्थापन वा अर्थशास्त्रमा ब्याचल डिग्री गरेको हुनु पर्ने बैंकले जारी गरेको सुचनामा उल्लेख छ । साथै, ३० वर्षभन्दा कम उमेका आवेदकलाई बढी प्राथमिकता दिईने बैंकले जनाएको छ ।

कम्तिमा ३ वर्ष बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्ने पनि बैंकले जनाएको छ ।

उक्त पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन बैंकको वेबसाइट मार्फत दिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK