काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्ने काममा नलाग्ने दाबी गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेनिकट नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
ओलीले सरकार भ्रष्टाचारका घटना खोजबिन गर्ने र कारबाही गर्ने कामको लागि बनेको भन्दै सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्ने पनि उल्लेख गरेका छन् ।
‘अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्ने र भ्रष्टाचार छोप्ने काम गर्नका लागि होइन ।’, प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार खोजबिन र कारबाही गर्ने कामको लागि बनेको सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्छ । समयक्रममा व्यवहारमा देखिँदैजान्छ ।’
त्यस्तै, प्रधानमन्त्री ओलीले न्याय र कानून सबैका लागि भएकाले अनुहार हेरेर कुनै पनि व्यवहार नगर्ने बताएका छन् । ‘न्याय सबैको लागि र कानून सबैका लागि हो । अनुहार र मान्छेको मुख हेरेर कुनैपनि व्यवहार गरिँदैन । कानूनले व्यवहार गर्छ ।’, उनले भने, ‘हामी एउटा सुशासनयुक्त, समृद्ध, आधुनिक, शान्तिपूर्ण सुखी नेपाल र आनन्दको नेपाल बनाउन चाहन्छौँ ।’
सँगै ओलीले जो भ्रष्ट छ उसले भ्रष्टाचार विरोधी नाराको नाटक गरेर जनता अल्मल्याउने काम गरेको समेत उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्