Skip to content
LAXMI SUNRISE BANK

खोला पुरेर बनाइएको खेल मैदान पानी परेपछि भासियो… (फोटो-कथा) 

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरापालिकामा खेल मैदान भासिएको छ । भारी वर्षाका कारण तारकेश्वर-५ अर्यालटारमा रहेको खेल मैदान भासिएको हो । 

उपत्यकामा परेको भारी वर्षापछि खेल मैदानको बीच भाग एक्कासी भासिएको स्थानीय कुल प्रसाद अर्यालले बताएका छन् । 

अर्यालका अनुसार उक्त खेल मैदान रुद्रेश्वर खोल पुरेर बनाइएको थियो । तर, भारी वर्षापछि मैदानमुनी बनाइएको ढल फुटेर मैदान नै भासिएको अर्यालले बताए । 

पछिल्लो समय काठमाडौँमा सडक तथा जमिन भासिने क्रम बढ्दो छ । केही दिनअघि मात्रै काठमाडौँको कमलादीस्थित टुकुचा खोलामाथि बनाइएको सडक भासिएको थियो । त्यसलगत्तै ललितपुरमा पनि सडक भासिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK