×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो शोमा थरीथरीका गाडी, तर, पोहोरजस्तो छैन अवलोकनकर्ताको बाढी… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

नाडा अटो शोमा थरीथरीका गाडी, तर, पोहोरजस्तो छैन अवलोकनकर्ताको बाढी… (फोटो-कथा)

१२ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा नयाँ गाडी भित्र्याउने र नयाँ गाडी लन्च गर्ने ‘कुम्भमेला’को रुपमा लिइने ‘नाडा अटो शो २०२४’ चलेको छ । १६औँ संस्करणको नाडा अटो शोमा करिव ८० प्रतिशत विद्धुतीय गाडीहरु प्रदर्शनमा राखिएका छन् ।

नाडा अटो शोमा इकोनोमिदेखि हाई क्लाससम्मका गाडीहरू प्रदर्शनी तथा बुकिड्ंग चलिरहेको छ ।

अटो शोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्स लगायत गरी १ सय ३० वटा स्टल राखिएको छ । यो संस्करणमा २४ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुई पांग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरु राखिएको छ ।

सोमा ३३ वटा लुब्रिकेन्ट्स, टायर, ब्याट्री लगायतका कम्पनीहरु छन् । अटो शो भदौ १६ गतेसम्म चल्नेछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी