काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ ।
सोमबार पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १२ अर्ब ६० करोड ४८ लाख ८ हजार ७सय ६२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा सबैभन्दा बढी नाफा रुरु जलविद्युत परियोजना लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यसैगरी आज नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्