काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा आज नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा २७ अर्बमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्सोरेन्सको भएको छ । यस कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार ४ सय ३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, सोमबार सबैभन्दा धेरै नाफा सूर्यज्योति लाइफ इन्सोरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आजको बजारमा ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, कुथेली बुखारी साना जलविद्युत लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्