×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार नेप्सेमा ८.१८ अंकको करेक्सन, २१ अर्बमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मंगलबार नेप्सेमा ८.१८ अंकको करेक्सन, २१ अर्बमाथिको कारोबार

Artha Sarokar

२९ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजारमा करेक्सन देखिएको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३ .४६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ८१ करोड ९९ लाख ४०  हजार ८ सय २२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, मंगलबार सबैभन्दा धेरै नाफा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आजको बजारमा ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी