काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा आज सेयर बजार मापक नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा २३ अर्बमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ८६ करोड ५८ लाख ५८ हजार ३ सय ७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । बुधबार सेन्ट्रल फाइनान्ससहित ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्