×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक 

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकका खुद नाफा ३९.७१ प्रतिशतले बढेको हो । यसअवधिमा बैंकले कुल ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी पनि ११.१७ प्रतिशतले बढेको छ । त्यस्तै, असार मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २१.६२ प्रतिशतले बढेको छ । 

त्यस्तै, असार मसान्तसम्म बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको ईपीएस ४ रुपैयाँ ३३ पैसाले बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ । यसअवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ । 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । हाल ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित रहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी