×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीले गरे कर्मचारी सञ्चय कोषको प्रशंसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थमन्त्रीले गरे कर्मचारी सञ्चय कोषको प्रशंसा

Artha Sarokar

२५ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले कर्मचारी सञ्चय कोषको प्रशंसा गरेका छन् । ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोषको प्रशंसा गरेका हुन् । उनले कर्मचारी सञ्चय कोषको अवस्था सही ढंगले चलेको बताएका छन् ।

उनले कर्मचारी सञ्चय कोषको प्रशंसा मात्रै गरेनन् बरु कोषप्रति सञ्चयकर्ताले राखेको विश्वास कायम राख्न आग्रह गरेका छन् ।

‘कर्मचारी सञ्चय कोषको अवस्था ठिकै ढंगले चलेको जानकारी पाएँ । राम्रो काम गर्नका लागि कुनै पनि सीमा तोकिएको छैन । तपाईहरुले कति धेरै काम गरेपछि चित्त बुझाउँनुहुन्छ । त्यसकारण राम्रो गर्नुभएको छ, राम्रो गर्नुस् ।’, अर्थमन्त्रीले भने, ‘सञ्चयकर्ताहरुले यो संस्थामाथि भरोसा गरेको छ । संस्थाको सबैभन्दा ठुलो भरोसा भनेको पनि सञ्चयकर्ता हो । उनीहरुको विश्वास संस्थाप्रति सवल हुँदै जानेगरी संस्थाले काम गर्नुपर्छ ।’

त्यस्तै, अर्थमन्त्री पौडेलले कोषमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै जनशक्तिको आवश्यक सदुपयोग गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी