काठमाडौँ । इसेवाले नयाँ अफर सार्वजनिक गरेको छ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले दशैंतिहार तथा छठ पर्वको अवसर पारेर ‘इसेवा महाउत्सव: इसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको हो ।
यस अफर अन्तर्गत असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्। कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ।
साथै, १०० रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन्। मात्र १०० रुपैयाँमा यो खेल खेल्न सकिने कम्पनीले जनाएको छ । यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन्। त्यस्तै, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिने छ।
दैनिक अफर अन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ। उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छूट तथा क्यासब्याक पाउन सक्नेछन्। साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मंगलरबा इसेवाका विभिन्न सेवाहरु, मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छूट तथा क्यासब्याक पाउन सकिने छ।
यी अफरहरूबारे थप जानकारीहरु आफ्नो फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरू मार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्