काठमाडौँ। एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गर्ने उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छा भाइ डंगोल, कोषाध्यक्ष विष्णु प्रसाद फुयाँल, सदस्य रामलाल महर्जन र सदस्य अमर भाइ बज्राचार्य रहेका छन् ।
उनीहरुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले भदौ १४ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले काठमाडौँ महानगरपालिका वडा नं. ०७ मा सहकारीको कार्यलय सञ्चालन गरी बचतकर्ताको १५ करोड ९१ लाख ४ हजार ७ सय ३६ रुपैयाँ ठगी गरेका थिए । उनीहरु विरुद्द संचालक समितिका पदाधिकारीहरूको मिलेमतोमा बचतकर्ता/सदस्यहरूले जम्मा गरेको रकम हिनामिना गरेको, संस्थामा रहेको निक्षेप रकम व्यक्तिगत लाभको लागी प्रयोग गरेको र बचतकर्तालाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेको आरोप लागेको छ ।
हाल उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट दिन ८ (आठ) दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।
त्यसैगरी, सीआईबीले उक्त सहकारीका पीडित निक्षेपकर्तालाई ब्युरोमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्