×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

LAXMI SUNRISE BANK
GLOBAL

अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

२ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

साथै युरोपियन यूरो एकको खरिद दर १४८ रुपैयाँ ८८ पैसा र बिक्री दर १४९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ । अघिल्लो दिन पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७६ रुपैयाँ ७७ पैसा र बिक्री दर १७७ रुपैयाँ ५७ पैसा रहेकामा आजका लागि खरिद दर १७६ रुपैयाँ ६५ पैसा र बिक्री दर १७७ रुपैयाँ ४४ पैसा कायम छ ।

केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिद दर १५८ रुपैयाँ ३६ पैसा र बिक्री दर १५९ रुपैयाँ ०७ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३४ पैसा र बिक्री दर ९० रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३८ पैसा र बिक्री दर ९८ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ ३७ र बिक्री दर १०३ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५१ पैसा र बिक्री दर ९ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा कायम छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिद दर ४ रुपैयाँ ०१ पैसा र बिक्री दर ४ रुपैयाँ ०३ पैसा कायम छ । साथै युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३९ पैसा र बिक्री दर ३१ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ १५ पैसा र बिक्री दर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ १५ पैसा र बिक्री दर १३ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९५ पैसा र बिक्री दर २० रुपैयाँ ०४ पैसा छ ।

हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ १६ पैसा र बिक्री दर १७ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिद दर ४३८ रुपैयाँ ५७ पैसा र बिक्री दर ४४० रुपैयाँ ५३ पैसा छ भने बहराइन दिनार एकको खरिद दर ३५४ रुपैयाँ ७९ पैसा र बिक्री दर ३५६ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी