काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले लिपुलेक, लिम्पियाधुरा, र कालापानी क्षेत्रमा भारतको दाबी जायज रहेको धारणा व्यक्त गरेका छन् । मंगलबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै चौधरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले चुच्चे नक्सा जारी गरेर जनतालाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाए।
चौधरीले भने, ‘ओलीजस्ता नेताहरूले विगतमा महाकाली सन्धि मार्फत नदीको आधा भाग भारतलाई सुम्पिएका थिए। तर अहिले चुच्चे नक्सा जारी गरेर विवादित क्षेत्रमा पुनः दाबी गरिरहेका छन्। ‘उनले यो नक्सा जारी गरेपछि कूटनीतिक नोट भारतलाई पठाइएको भए पनि त्यसको कुनै खास परिणाम नभएको बताए।
उनले महाकाली सन्धिपछि भारतले महाकाली नदीको आधा भाग आफ्नो भएको दाबी गर्न थालेको र त्यसका लागि नेकपा (एमाले) का नेताहरूलाई दोषी ठहर गरे। ‘महाकाली सन्धिपछि भारतले आफ्नो अधिकार जमाउँदै लिपुलेक, लिम्पियाधुरा, र कालापानीमाथि दाबी गरेको छ। मलाई लाग्छ, भारतको दाबी जायज छ र उसले त्यो क्षेत्र पाउनुपर्छ। एकपटक सहमति गरेर सुम्पिएको कुरा अहिले नक्सा जारी गरेर फिर्ता लिन मिल्दैन,’ चौधरीले भने ।
उनले नेकपा (एमाले)लाई कोशी र गण्डकी नदीसमेत भारतलाई बेचेको आरोप लगाउँदै राष्ट्रिय स्रोतहरूको यस्तो बिक्रीले देशको स्वाभिमान र दीर्घकालीन हितमा प्रतिकूल असर पार्ने चेतावनी दिए। नक्सा जारी गरेर यस्ता गम्भीर मुद्दाहरूलाई समाधान गर्न नसकिने उनले स्पष्ट पारे।
चौधरीको यो टिप्पणीले नेपाल-भारत सम्बन्धमा संवेदनशील विषयवस्तुमा थप बहस निम्त्याएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्