Skip to content
LAXMI SUNRISE BANK

हरितालिका तीजलाई लक्षित गर्दै कुमारी बैंकले ल्यायो क्यासब्याक अफर

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंकले क्यासब्याक योजना सञ्चालन गरेको छ । बैंकले नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना सञ्चालन गरेको हो ।

निरन्तर रुपमा सरल, सहज तथा नवीनतम सेवा सुविधा दिँदै आएको कुमारी बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना स्वरुप क्यासब्याक दिने भएको हो ।

यही भाद्र २० गतेदेखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई एक सयको क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीको विद्यूतिय भुक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बितिय साक्षरता प्रर्वद्धन गर्दै बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै, आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK