×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माइपेले सार्वजनिक गर्यो नयाँ अफर, दुई जना विजेताहरूले आइफोन १६ र हिराको औँठी जित्न सक्ने

LAXMI SUNRISE BANK
GLOBAL

माइपेले सार्वजनिक गर्यो नयाँ अफर, दुई जना विजेताहरूले आइफोन १६ र हिराको औँठी जित्न सक्ने

२ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माइपेले नयाँ अफरहरू सार्वजनिक गरेको छ । युवाहरुमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरूको महान पर्व बडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहा’ अफर सार्वजनिक गरेको हो ।

युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरूले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरू जित्न सक्नेछन् ।

माइपेबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नेछन् । मेगा पुरस्कारमा २ जना विजेताहरूले आइफोन १६ र २ जनाले हिराको औँठी जित्न सक्नेछन् ।

त्यस्तै, साप्ताहिक पुरस्कारमा हरेक हप्ता इयरबडस् स्मार्ट वाच, यान्ग्लो वाच, चाँदीको औँठी र रु १० हजार बराबरको बिउटी प्रोडक्ट र धेरै गिफ्ट भाउचर तथा डिस्काउन्टहरु जित्न सक्नेछन् । यस माइपे मेला अवधिभर प्रयोगकर्ताहरूलाई रु ७५ लाख बराबरको भौचरहरु प्रदान गर्नुका साथै हरेक हप्ताको १०-१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १०० प्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।

ग्राहकहरूले यस अफर सम्बन्धी थप जानकारीका लागि माइपेको सामाजिक सञ्जाल तथा वेबसाइटमा हेर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी