काठमाडौँ । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले कृषि आधारभूत तालिम सम्पन्न गरेको छ । उक्त संस्थाले एक दिने कृषि आधारभूत तालिम सम्पन्न गरेको हो ।
सो संस्था र भरतपुर महानगरपालिका वडा नं ५ को आयोजना तथा कृषि तथा वनविज्ञान विश्व विद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीको समुहले तालिममा सहभागीका लागि कृषि तथा पशुपालन आधारभूत तालिम सहजिकरण गरेका थिए ।
उक्त तालिम ९८ जना सेयर सदस्यले प्राप्त गरेका छन् । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई कृषिमा कर्जा लगानी गरेकाले आफ्ना सेयर सदस्यलाई कृषिमा व्यवसायिक बनाउन र नयाँ प्राविधिक तरिकाले पशुपालन तथा पशुमा लाग्ने रोग निवारण र उपचारका पद्धति सिकाउने र उद्यमी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको कुरा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताएका छन् ।
तालिममा कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष आफ्नो मन्तव्य राख्दै वडाका सम्पूर्ण नागरिकका कृषि तथा पशुपालनमा आउने समस्या आफ्नो पनि समस्या रहेको र किसानलाई परेको समस्यालाई आफू वडाको अध्यक्षका हैसियतले सहयोग पुर्याउने प्रतिबद्धता गरेका छन् ।
राज्यले नै गर्न पर्ने कार्यक्रम सहकारीले गरेको मा नवदुर्गा भवानी साकोस लाई आभार व्यक्त गरे । कार्यक्रममा उपस्थित सहभागी लाई स्वागत मन्तव्य राख्दै र कार्यक्रमको उद्देश्य बारे सहकारीका सचिव रामकृष्ण पौडेलले प्रष्ट पारेका थिए भने तालिममा रामपुर कृषि तथा वनविज्ञान विश्व विद्यालयका उपेन्द्र चौहान, विनिता वास्तोला, देविदत्त रोकाय ,श्रृष्टि गौतम ले सहजीकरण गरेको तालिममा विष्णुप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्