Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकद्वारा पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान प्रदान

अर्थ सरोकार

काठमाडौँ । एनएमबि बैंकले पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान प्रदान गरेको छ । एनएमबि बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको हो ।

उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार रु ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु १ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियो ।

पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए । पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तान्तरण गरिएको थियो ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK