×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाम्बियाको राजदूतको ४ दिने नेपाल भ्रमण: खनिज र पर्यटनमा लगानी प्रस्ताव, एफएनसीसीआईसँग व्यवसायीक सम्झौता हुने

LAXMI SUNRISE BANK
GLOBAL

जाम्बियाको राजदूतको ४ दिने नेपाल भ्रमण: खनिज र पर्यटनमा लगानी प्रस्ताव, एफएनसीसीआईसँग व्यवसायीक सम्झौता हुने

३१ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको चारदिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरु र निजी क्षेत्रलाई भेटी सो कुरा बताएका हुन् ।

उनले उद्योग मन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधि तथा आर्थिक रुपमा लगानी गर्ने प्रस्ताव राखेका थिए । उनले परराष्ट्र मन्त्री आरजु राणा देउवासँगको भेटमा पनि जाम्बियासँग खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको भन्दै सहजिकरण गरिदिन आग्रह गरेका थिए । साथै आफुहरुको लागि नेपाल लगानीको लागि आकर्षक गन्तव्य हुने भन्दै सो विषयमा सहकार्य गर्न आफुहरु तयार रहेको बताएका थिए ।

नेपालको ४ दिन भ्रमणमा रहेका प्याट्सले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबीच सहकार्य गरी अघि बढन् आग्रह गरेका थिए । साथै, उनले नेपाल उद्योग वाणिज्य महासंघ र जाम्बियाको उद्योग वाणिज्य संघबीच व्यवसायीक समझदारी पत्रमा हस्ताक्षर गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए । जाम्बियाको लगानीकर्ताहरु नेपालमा लगानी गर्न तयार रहेको भन्दै सोही अनुरुप दुबै संस्थाबीच समझदारी गरेर अघि बढ्नुपर्ने भन्दै सोका लागि आफुले सहजकर्ताको रुपमा काम गरिदिनु प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

जाम्बियाको नेपालको लागि गैर आवासीय राजदूत प्याट्सको ४ दिन भ्रमणले नेपालमा जाम्बियाको नेपाली भित्र्याउन मार्ग प्रसस्त गरेको नेपालको लागि जाम्बियाको वाणिज्य दूत देशबन्धु वस्नेत (अजित) ले बताए । ‘नेपालको ४ दिने भ्रमणमा आएका राजदूत प्याट्ले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुका साथै परराष्ट्र र उद्योग मन्त्रीसँग पनि लगानीको विषयमा छलफल गरे’ वस्नेतले भने, ‘साथै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी जाम्बिया र नेपाली उद्योगी व्यवसायीबीच सहकार्य गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेका थिए ।’ साथै नेपालमा जाम्बियाको लगानी भित्र्याउने सम्बन्धमा महासंघसँग छिट्टैनै एक समझदारी पत्रमा हस्ताक्षर हुने समेत उनले जानकारी दिए ।

नेपालको ४ दिने भ्रमणमा रहेका राजदूत प्याट्ले नेपाल र जाम्बियाको भौगोलिक बनावट समेत एउँदै रहेको र नेपालमा खानी उत्खनन् र पर्यटनको उच्च सम्भावना रहेको भन्दै सो विषयमा जाम्बिया सरकार तत्काल सहकार्य गर्न तयार रहेको बताएका थिए । जाम्बियाको वार्षिक ६० हजार करोड बराबरको खानी उत्खनन हुने गरेको छ । उक्त प्राविधिक सहायतामा नेपालमा पनि ठूलो मात्रामा खानी उत्खनन गर्न सकिने उनले जानकारी दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी