काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् ।
बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख शाहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरु र उद्योगहरु कसरी डुब्छन् भन्ने कुराको उदाहरण सिंहदरबारको वैद्यखाना भएको बताएका हुन् ।
‘विद्यार्थीहरु, अभियन्ताहरु सबैले यो देश किन डुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखाना आएर हेरे हुन्छ ।’, उनले भने, ‘यो देशमा के समस्या छ ? देशको विभिन्न उत्पादन गर्ने सरकारी फ्याक्ट्रीहरु, सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्ने कुरा वैद्यखाना आएर हेर्दा राम्रोसँग थाहा हुन्छ ।’
त्यस्तै, मेयर शाहले वैद्यखानाको एमडी सरकार परिवर्तन भए मात्र नभई ५० हजारमा पनि परिवर्तन हुने गरेको उल्लेख गरेका छन् । उनले सिंहदरबारको वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसक्ने नेतृत्वले यो देशलाई कसरी जोगाउन सक्छ ? भन्दै प्रश्नसमेत गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्