×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विपद्जन्य घटनामा मृत्यु भएका प्रत्येक परिवारका एक जना सदस्यको बीमा सरकारले गर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विपद्जन्य घटनामा मृत्यु भएका प्रत्येक परिवारका एक जना सदस्यको बीमा सरकारले गर्ने !

२ कार्तिक २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विपद्जन्य घटनामा ज्यान गुमाएका परिवारका एक जना सदस्यको बीमा सरकारले गर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जेठ २८ गतेदेखि असोज २६ गतेसम्म विपद्जन्य घटनामा मृत्यु भएका परिवारका एक जना सदस्यको बीमा गर्न सिफारिस गरेको हो । समितिको यस्तो सिफारिससँगै सरकारले विपद्जन्य घटनामा ज्यान गुमाएका परिवारका एक सदस्यको बीमा गर्नेगरी तयारी अघि बढाएको बुझिएको छ ।

त्यस्तै, विपद्पछिको उद्धार र पूनर्निमाणको कामलाई तिव्रता दिनेसँगै खोज उद्धार कार्यलाई थप प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर आवश्यक रहेको र खोज तथा उद्धार कार्यमा आवश्यक उपकरण विपद् जोखिम न्युनिकरण सम्बन्धी राष्ट्रिय परिषद्को बैठकमा सिफारिस गर्ने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले बताएका छन् ।

सरकारले २१ गते राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २० जिल्लाका ७१ वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई राहत सहयोगको रुपमा ७१ वटा स्थानीय तहलाई स्थानीय तहमा भएको क्षतिको आँकलन गरी तीन चरणमा विभाजन गरिएको छ । जसमध्ये पहिलो चरणका ९ वटा स्थानीय तहलाई एक करोड, दोस्रोमा रहेका १२ वटा स्थानीय तहलाई ७५ लाखका दरले र तेस्रो क्याटागोरीका ५० वटा स्थनीय तहलाई ५० लाखका दरले उपलब्ध गराउने निर्णय भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी