काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह गरेका छन्। अमेरिकाको वासिङ्गटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरेका हुन् ।
पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत बिकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा खरिद बिक्री सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य वन्ने अध्यक्ष ढकालले बताएका छन् । उनले नेपालमा उत्पादन गरि त्यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावनातर्फ लगानीकर्ताको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै, भारतसँग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बङ्गलादेशसँगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरूलाई दिए । नेपालको प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरूलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गरे । संसारको सबैभन्दा बढि जनसङ्ख्या रहेको भारतीय सीमाबाट औसत दुई घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन विकास गर्न सकिने सम्भावना उनले लगानीकर्ताहरूलाई देखाए ।
लगानी सहजिकरणका लागि महासङ्घले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासङ्घले एफडिआइ हेल्पडेस्क मार्फत सहजीकरण गरिरहेको छ ।
नेपालमा पर्याप्त विदेशी मुद्राको संचिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्यून हुँदै गएको जनाए । साथै, सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनी बताउँछन् । अध्यक्ष ढकाल विश्व बैंकको वार्षिक बैठकमा सहभागि हुने क्रममा वासिङ्गटनमा छन् । यसअघि उनले अन्तराष्ट्रिय वित्त निगमका उच्च अधिकारीहरूसँग पनि भेटघाट गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्