काठमाडौँ । बैंकिङ कसुर मुद्दाका प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला नुवाकोट किस्पाङ्ग गाउँपालीका वडा नं १ काउले स्थायी ठेगाना घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २२ सुन्धारा बस्ने ४३ वर्षीय हरि चन्द्र पौडेल र ३३ वर्षीय अर्जुन कुमार पौडेल रहेका छन् ।
बैंकिङ कसुर मुद्दामा सम्मानित सर्लाही जिल्ला अदालत, मलङ्गवा सर्लाहीबाट भदौ २१ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले कात्तिक ६ गते बनस्थलीबाट पक्राउ गरेको हो ।
सो व्यक्तिहरूलाई कानून बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि कात्तिक ७ गते इलाका प्रहरी कार्यालय बरहथवा, सर्लाही पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्