काठमाडौँ । फिल्म हलमा खानेकुरा र पानी अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा महँगोमा बेच्न नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गर्दै फिल्म हलभित्र पानी र खानेकुरा एमआरपी भन्दा महँगोमा बेच्न नपाइने जनाएको छ ।
विभाग र नेपाल चलचित्र संघबीच भएको छलफल तथा अन्तरक्रियापछि बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउनु र उपभोक्ताको अधिकार संरक्षण गर्नेगरी उक्त निर्णय भएको विभागको विज्ञप्तिमा उल्लेख छ ।
योसँगै अब देशभरका सिनेमा हलहरुले हलभित्र पानी तथा खानेकुरा एमआरपी भन्दा महँगोमा बेच्न नपाउने भएका छन् । यसका बावजुत पनि कसैले महँगोमा बेचेको पाइए कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
त्यस्तै, विभागले सिनेमा हलभित्र खानेकुरा खरिद गर्दा एमआरपी हेरेर खरिद गर्न र एमआरपी भन्दा बढी मूल्य लिए खबर गर्न पनि आग्रह गरेको छ । यसअघि सिनेमा हलहरुले पानी, कोल्ड ड्रिंक्स, क्वीज तथा अन्य खाद्य सामाग्रीहरु बजारमूल्य भन्दा अधिकतम मूल्यमा बिक्री गर्दै आइरहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्