काठमाडौँ । गणपति लघुवित्त वित्तिय संस्थाले एक दिने सदस्य सिप विकास तालिम सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय रुपा कास्कीले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको क्षमता अभिबृद्धिका लागि एक दिने व्यवसायिक कुशन बनाउने तालिम सम्पन्न गरेको हो ।
संस्थामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यले २० जना ग्राहक सदस्यहरुलाई २०८१ साल कार्तिक १२ गते आइतबारका दिन उक्त तालिम प्रदान गरिएको हो । सहभागीहरुलाई शाखा प्रबन्धक सुनिता पुलामी थापा मगरले मन्तव्य मार्फत स्वागत गरेको एक दिने व्यवसायिक तालिम कार्यक्रमको समुद्घाटन यस वित्तीय संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख तथा प्रमुख अतिथि प्रभुराज थापाले गरेका थिए ।
उक्त एक दिने व्यवसायिक कुशन बनाउने तालिमको प्रशिक्षण तनहुँको खैरेनिटारमा सोही व्यवसाय संचालन गर्दै आउनु भएकी विषय विज्ञ पविना बिकले दिएका थिए । सहभागी मध्येकी हिरा बिकको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रमको संचालन तथा सहजिकरण सहायक विप्लव सिंजाली मगरले गरेका थिए ।
व्यवसायिक कुशन बनाउने तालिमका सहभागीहरुलाई प्रमाण पत्रको समेत व्यवस्था गरिएको थियो । कार्यक्रमको अन्तमा प्रमुख अतिथि प्रभुराज थापाले सहभागीहरुलाई आज प्राप्त गर्नु भएको सिपलाई व्यवहारमा उतारी आफ्नो वित्तीय क्षमता विकास गर्न आग्रह गरे ।
अहिले वित्तीय अनुशासन ख:दो अवस्थामा रहेको जानकारी गराउदै खर्चमा मितव्ययिता अपनाउदै भविस्य सम्झेर बचत गर्न आग्रह गरका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्