काठमाडौँ । ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ । बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच विभिन्न बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायी रुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको बिभिन्न बैंकिङ सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन-प्राप्त गर्न सहज हुनेछ ।
यस सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मडीपत्लाले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार भन्दा बढि सेवा केन्द्र रहेका छन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्