काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूलो संख्यामा जागिर खुलाएको छ । महानगरले सेवा करारमा पदपूर्ति सम्बन्धी एक सूचना जारी गर्दै १ सय ८ जनाको लागि जागिर खुलाएको जानकारी दिएको हो ।
महानगरका अनुसार सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक भएकाले लोक सेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भई नआएसम्म चालु आर्थिक वर्षको असार मसान्तसम्मको लागि काम गर्न चाहनेबाट दरखास्त आह्वान गरिएको छ ।
महानगरले मेडिकल अधिकृत, ल्याब टेक्निसियन, फिजियोथेरापी असिस्टेन्ट, स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोग्राफर, तथ्यांक सहायक र कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ ।
महानगरको उक्त जागिरमा इच्छुकले सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा राजस्व तिरेको सक्कल रसिदको वा क्युआरबाट भुक्तानी गरेको स्टेटमेन्ट, शैक्षिक योग्यता र सम्बन्धित विषयको कार्य अनुभवसहित आवेदन दिन सक्नेछन् । आवेदनको फर्म्याट महानगरको वेबसाइटबाट लिन सकिनेछ । यस्तो छ महानगरको सूचनाः
kararsewa-paddpurti-sambandhi
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्