×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले ल्यायो दशैं दक्षिणा अफर, मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्दा २५ प्रतिशत क्यासब्याक पाइने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकले ल्यायो दशैं दक्षिणा अफर, मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्दा २५ प्रतिशत क्यासब्याक पाइने 

२२ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंकले विजया दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ ।  बैंकले दशमीको दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने एक हजार सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रू. ५० दक्षिणा प्रदान गर्नेछ ।

त्यसैगरी एकादशी देखि कोजाग्रत पूर्णिमा सम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रू. ५०१ बराबरको दशैं दक्षिणा प्राप्त गर्न सक्नेछन् । 

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरूमा चाडबाडमा हुने वित्तिय कारोबारहरू विद्युतीय भुक्तानीका माध्यमहरुबाट आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी