काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ लाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणहरुको लागि २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता साधारण सेयरको प्रतिकित्ता १०० का दरले निष्कासन गर्न लागेको हो ।
एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादबले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।
यस्तै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको न्यूरोड, पोखरामा मुख्य कार्यालय स्थापना गरि नेपाल बीमा प्राधिकरणबाट बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ बमोजिम मिति २०८०/०५/०१ गते इजाजत प्राप्त गरि मिति २०८०/०६/१९ गते देखि लघु जीवन बीमा सम्बन्धि सेवा त्रिपुरेश्वर, काठमाडौं स्थित ब्लुबर्ड मल मा रहेको प्रादेशिक कार्यालय सहित आफ्ना देश भरि छरिएका ४ शाखा तथा ६ उप-शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्