काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले झण्डै अढाई करोड घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले कुल २ करोड ४० लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा २ करोड २ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढेपछि घाटा बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज १९४ प्रतिशतले बढेर २ करोड ८८ लाख रुपैयाँ पुगेको छ । यसवअधिमा कम्पनीको वितरणयोग्य मुनाफा पनि २५ करोड रुपैयाँ ऋणात्मक छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ २९ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ८७ पैसा रहेको छ । हाल कम्पनीको जगेडा कोषमा ४६ करोड १३ लाख रुपैयाँ छ । यो फाइनान्स समूहको सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्