काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. २४ भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ३१ संखमुल बस्ने २८ वर्षीय पारस कार्की रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले संखमुलबाट पक्राउ गरेको हो ।
कार्कीले दुई जनालाई जापान पठाउने भन्दै दुई लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्