काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लापछि रास्वपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।
शुक्रबार लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हल्ला चलेपछि बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा नेता/कार्यकर्ताको भीड लागेको हो ।
हाल पार्टी कार्यालयमा केन्द्रीय सदस्यसँगै रास्वपा नेताहरुको आवतजावत बाक्लिएको छ । यसअघि पनि असोज ६ गते रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गर्दा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताले विरोध गरेका थिए ।
सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको भन्दै सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले रविलाई जिम्मेवार ठहर गरेको थियो । सोही प्रकरणमा गितेन्द्रबाबु राई फरार छन् भने छविलाल जोशी पक्राउ परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्