काठमाडौँ । नेकपा एमालेले बाढी तथा पहिरो पीडितका लागि ५० लाख सहयोगको घोषणा गरेको छ । अविरल वर्षाका कारण आएको बाढीपहिरो पीडितको राहतका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने घोषणा गरेको हो ।
मंगलबार बसेको पार्टी सचिवालय बैठकले ५० लाख सहयोग गर्ने निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
‘राज्यको तर्फबाट एक अर्ब रुपैयाँ छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’, पार्टी महासचिव पोखरेलले भने ।
त्यस्तै, उनले विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पंक्तिलाई खटाइएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताएका छन् । साथै प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको पोखरेलले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्