×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकाउलीको मूल्य ४० रुपैयाँले घट्यो, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ब्रोकाउलीको मूल्य ४० रुपैयाँले घट्यो, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

१ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ब्रोकाउलीको मूल्य घटेको छ । ब्रोकाउलीको मूल्य ४० रुपैयाँले घटेर प्रतिकेजी १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा १३० रुपैयाँ, लोकल सानो गोलभेडा ७० रुपैयाँ, सानो गोलभेडा (टनेल) ८० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७५ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १०० रुपैयाँ, लोकल गाजर १२० रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी ९०, मकै बोडी ४०, घिउ सिमी लोकल ८०, टाटे सिमी ८०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ७०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला ६०, झिगुनी ७०, फर्सी पाकेको ५०, भिण्डी ४०, बरेला ९०, पिंडालू ६०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १२० र तोरीको साग ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २५०, कन्य च्याउ १४०, डल्ले च्याउ २५०, राजा च्याउ २८०, कुरिलो ४००, न्युरो ९०, ब्रोकाउली १००, चुकन्दर ९०, जिरीको साग २५०, सेलेरी ९००, पार्सले २५००, पुदिना ९००, गान्टे मुला ९०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १८०, खुर्सानी हरियो (बुलेट) २००, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी २४०, हरियो लसुन ३५०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ(फूजी) २६०, केरा (दर्जन) १५०, कागती २२०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १००, जुनार २८०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ५०, निबुवा ४०, अम्बा ८०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २५०, मेवा (नेपाली) ४०, लप्सी ४०, किवि ३३०, आभोकाडो २०० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी