×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोमानिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रोमानिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

२ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.  ५ घर भएका ३९ वर्षीय मनिल कुमार लामा रहेका छन् ।

उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोमानिया पठाउने भन्दै ४ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी