×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा सरर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा सरर

Artha Sarokar

२ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को कर्णाली याक्स टिमले सुर्खेतको बुलबुल तालमा अवलोकन भ्रमण गरेको छ । एनपिएल सुरु हुनुभन्दा केही दिन अघि मात्रै प्रचारप्रसारका क्रममा सुर्खेत आइपुगेको टोलीले आज बुलबुल तालमा मोटरबोटमा मनोरञ्जन लिएको हो ।

प्रशिक्षक तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र  कप्तान सोमपाल कामीको नेतृत्वको टोलीले बुलबुल तालमा बिताएको मोटरबोट सञ्चालक कम्पनी सञ्चालक विष्णु ढकालले जानकारी दिए ।

टोलीका कप्तान कामीले आफूलाई मोटरबोट निकै रमाइलो लागेको बताए । ‘यो मेरो पहिलो मोटरबोट अनुभव यो, पर्यटकीय हिसाबले निकै सम्भावना भएको पाएँ, सबैले एकपटक मोटरबोटको अनुभव लिन म आग्रह गर्दछु’, उनले भने ।

करिब एक करोड रुपैयाँ लगानीमा सुरु भएको मोटरबोटपछि पछिल्लो समय त्यहाँ आउने पर्यटक बढेका छन् । लामो समयदेखि अत्यधिक फोहोरका कारण अलपत्र अवस्थामा रहेको ताल सफाइ गरी कम्पनीले गत वैशाखदेखि मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले बीरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने गरी मोटरबोट सञ्चालन सुरु गरेको हो । तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा प्रवाह गरिरहेको छ ।

कम्पनीले नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणगढ र देवघाट सर्लाहीको भरतताल र पृथ्वी राजमार्गमा रहेको तल्लो मर्स्याङदी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालन गर्दै आएको छ ।

मोटरबोट सञ्चालनपछि बुलबुल तालको मोटरबोट पर्यटकीय गन्तव्य बनेको छ । तालमा मोटरबोट सञ्चालन भएसँगै उद्यान परिसरमा पर्यटक बढ्दा राजस्व बढेको छ । साथै मोटरबोटकै कारणले कम्तीमा २० जना फोटोग्राफरका लागि समेत रोजगारी सृजना भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी