×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युजिल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

न्युजिल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ

Artha Sarokar

५ मंसिर २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला मध्यपुर ठिमी घर भएकी २४ वर्षीया नविना दाहाल रहेकी छिन् ।
उनले एक जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर न्युजील्याण्ड पठाउने भन्दै एक लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
विदेश पठाउने भनी रकम लिए पश्चात सम्पर्क विहिन भएको भन्दै पिडितले जाहेरी दिएका थिए । सोहि जाहेरीका आधारमा अनुसन्धान गर्दा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीले टोलीले कार्तिक ३ गते काठमाडौँ महानगरपालिका वडा नं.  ०४ बाट पक्राउ गरेको हो ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी