काठमाडौँ । उपभोक्ता बजारमा सुनको अर्डर क्यान्सिल गर्नेहरु बढेका छन् । पछिल्लो दुई दिनमै सुनको मूल्यमा ऐतिहासिक गिरावट आएपछि अर्डर क्यान्सिल गर्नेहरु बढेका हुन् ।
पछिल्लो दुई दिन (सोमबार र मंगलबार) मा मात्रै सुनको मूल्य १८ हजार पाँच सय रुपैयाँले घटेको छ ।
सोमबार सरकारले भन्सार शुल्क घटाएसँगै सुनको मूल्य तोलामै १५ हजार ९ सय रुपैयाँले घटेको थियो । त्यसको भोलिपल्ट अर्थात मंगलबार पनि सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेको थियो ।
सुनको मूल्य दुई दिनमै अप्रत्याशित ढंगले घटेपछि सुनको अर्डर गर्नेहरुले अर्डर क्यान्सिल गर्न थालेका छन् । सुनको मूल्य घटेसँगै अहिले सुन किन्नेसँगै सुनको अर्डर क्यान्सिल गर्नेहरु बढेको सुन व्यवसायीहरुले बताएका छन् । ‘सुनको मूल्य दुई दिनमै नपत्याउनेगरी घट्यो । सुनको मूल्य घटेपछि मूल्य महँगो हुँदा अर्डर गर्नेहरुले अर्डर क्यान्सिल गर्न थालेका छन् ।’, ती व्यवसायीले भने ।
योसँगै अहिले बजारमा सुनको सर्टेज देखिएको छ । मूल्य घट्दा सुन किन्नेहरु ह्वात्तै बढेपछि बजारमा सुनको सर्टेज भएको हो । तर, कतिपयले भने माग ह्वात्तै बढेपछि बजारमा सुनको कालोबजारी भएको दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्