×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्मलाबारे सनसनीपूर्ण अन्तर्वार्ता दिएका अर्याल पक्राउ, ऋषि धमलालाई पनि सीआईबीले बोलायो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

निर्मलाबारे सनसनीपूर्ण अन्तर्वार्ता दिएका अर्याल पक्राउ, ऋषि धमलालाई पनि सीआईबीले बोलायो 

Artha Sarokar

२८ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । निर्मला हत्या प्रकरणबारे सनसनीपूर्ण अन्तर्वार्ता दिएका व्यक्ति पक्राउ परेका छन् । 

प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिएका नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । 

अर्याललाई पक्राउ गरिएको सीआईबीका उच्च अधिकारीले पुष्टि गरेका छन् । तर, अन्तर्वार्तामा अर्यालले उक्त प्रकरणबारे गलत विवरणसहित दुष्प्रचार गरेको भन्दै अर्याललाई पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले बताएका छन् । 

अर्यालले अन्तर्वार्ताका क्रममा आफू खानेपानी विभागको सवारी चालकको रुपमा कञ्चनपुर गएका बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको बताएका थिए । तर, अन्तर्वार्तामा अर्यालले दाबी गरेको विवरण झुठो भएको सीआईबीले बताएको छ । यता अन्तर्वार्ता लिने कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सीआईबीले कार्यालयमा बोलाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी