काठमाडौँ । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको रिपोर्ट अनुसार असोज मसान्तसम्म कम्पनीले २ करोड २५ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ ।
कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि ७७.१६ प्रतिशतले घटेर १ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । कम्पनीे गत आर्थिक वर्षमा ६ अर्ब ३७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
त्यस्तै, कम्पनीको बिक्री लागत पनि ७६.०४ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ४८ लाख रुपैयाँमा सिमित भएको छ । सञ्चालन आम्दानी र बिक्री लागत दुवै घटेपछि कम्पनीले नोक्सानी व्यहोरेको हो । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ९८ रुपैयाँ ३३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्