काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले क्रेस्ट लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा, बीमा गरे पश्चात नियमित ५/५ वर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाने र बीमा अवधि समाप्तिमा बाँकी बीमाङ्क रकम र सुनिश्चित थप रकम समेत प्रदान हुने कम्पनीले जनाएको छ ।
नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा आई पर्ने पढाई खर्च, विवाह जस्ता धार्मिक, सांस्कृतिक कार्य तथा व्यवसाय सञ्चालन जस्ता विविध कार्यमा आर्थिक सहायता प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, बीमा योजना न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको रहने कम्पनीले जनाएको छ । त्यस्तै, बिमितको प्रवेश उमेर न्यूनतम १८ वर्ष देखि अधिकतम ५० वर्षसम्म हुनु पर्ने छ । अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष र बीमा अवधि १५/२०/२५ वर्ष रहेको कम्पनीले जनाएको छ ।
अग्रिम रकम फिर्ता, न्यून बीमाशुल्क, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य यो योजनाको उद्देश्य रहेको छ । त्यस्तै, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजनाले दूर दराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम् भूमिका खेल्ने कम्पनीले दावी गरेको छ ।
बीमाशुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने । बीमाङ्कको निश्चित रकम फिर्ता हुँदै गएपनि पूर्ण बीमाङ्क बराबरको जीवनको सुरक्षण कायम नै रहने छ भने अधिकतम परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाको कारण मृत्यु भएमा थप १०० प्रतिशत बीमाङ्क रकम, दुर्घटनाका कारण अङ्गभङग भएमा बीमाङ्कको १०० प्रतिशत सम्म अङ्गभङग सुविधा रहेको छ । दुर्घटनाको कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्